१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नक्कली प्रमाणपत्र पेश गरेर अनुसन्धान अधिकृत, अख्तियारले चलायो मुद्दा



काठमाडौैँ ।
राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृतका रुपमा कार्यरत विमल खड्कालाई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा छानबिन गरिएको र छानबिनका क्रममा प्रमाणपत्र नक्कली रहेको फेला परेपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनले भारतबाट आइ।ए। तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको छानबिनका क्रममा फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ८ : ४१ बजे