१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मोरङका सहायक वन अधिकृत घुससहित पक्राउ



मोरङ ।
डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुससहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
लाटी झोडा साझेदारी वनसमेत हेर्ने जिम्मेवारी पाएका अन्सारीले काठ दाउरा काट्न सहमति दिने नाममा उपभोक्ता समितिबाट रकम मागेका थिए । पटक–पटक उपभोक्ता समितिलाई विभिन्न नाममा रकम लिने गरेको गुनासो आउने गरेको आधारमा अख्तियारको टोलीले पिछा गर्दै उनलाई डिभिजन वन कार्यालयबाटै ३५ हजारसहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी डिल्लीनारायण पाण्डेको नेतृत्वमा आएको टोलीलाले उनलाई कार्यालयबाट नगदसहित पक्राउ गरेको हो । सुन्दर हरैचा नगरपालिका र केरावारी गाउँपालिका क्षेत्रमा पर्ने लाटीझोडा साझेदारी वनमा पछिल्लो समय रुख कटान व्यापक हुँदै आएको छ । उनलाई पक्राउ पछि कानुनी प्रक्रिया पूरा गरी काठमाण्डौ पठाइने तयारी भएको छ । अख्तियारका अनुसार आजै उनलाई काठमाण्डौ लगिने छ ।
डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विशाल घिमिरेले कर्मचारीबाट गर्नै नहुने काम भएको बताएका छन् । पक्राउ परेका अन्सारीका सन्दर्भमा अख्तियारले कानुनअनुसार कारबाही गर्ने बताए । उज्यालोबाट

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ९ : ०४ बजे