३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

सञ्जु सामसनको जारी आइपिएलमा पहिलो शतक, ८१ छक्का १५२ चौका 



मयादेवी अनलाइन, कपिलवस्तु ।  

इण्यिन प्रिमियर लिग आइपिएल क्रिकेटमा राजस्तान रोयल्सले सनराइजर्स हैदराबादलाई जित्नको लागि १ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरको खेलमा राजस्तानले जम्मा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । राजस्थानको लागि ओपनर सञ्जु सामसनले शतक प्रहार गरेका छन् । उनको शतक जारी आइपिएलको पहिलो शतक हो । उनले १ सय २ रन बनाउन ५५ सामना गरी अविजित रहेका उनले  १० चौका ४ छक्का प्रहार गरेका थिए । उनले आइपिएल करियरमा २ शतक १० अर्धशतक बनाए ।

सञ्जु सामसन को आईपीएल करियरमा ८३ म्याचमा २८ दशमलव १५ को औशतमा १९ सय ९९ रन बनाए ।  उनले आइपिएलमा ८१ छक्का १५२ चौका प्रहार गरेका छन् । सुरुवाती मध्यम स्तरको रहे पनि पछिल्लो समय भने राजस्थानले आक्रामक पारी खेल्यो । यस्तै राजस्तानको लागि कप्तान अजंके रहाणेले ७० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।

यस्तै वेन स्टोक्सले अविजित १६ र ओपनर बटलरले ५ रन बनाएका थिए । १५ रनमा नै पहिलो विकेट गुमाएको राजस्तानले अन्त्यमा भने उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । हैदराबादको लागि रसिद खान र रादमले एकएक विकेट लिन सफल भएका थिए । अहिले हैदराबादले जवाफी ब्याटिङ गरिरहेको छ । दुवै टोली पहिलो खेलमा पराजित भएका कारण पहिलो जितको खोजिमा छन् ।

 

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ४ : ४९ बजे