२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

बुढीगण्डकी आयोजनाको ठेक्का प्रति देउवाको विरोध



मायादेवी अनलाइन, तौलिहवा । 

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का चिनिँया कम्पनिलाई दिने विषयको विरोध जनाउनुभएको छ । छैठौ प्राचिन कपिलवस्तु महोत्सवको उद्घाटन गर्न कपिलवस्तु आएका सभापति देउवाले नेपाल सरकार संग आयोजना सम्पन्न गर्ने सामथ्र्य हुँदा हुँदा चिनियाँ कम्पनीलाई ठेक्का दिनु राम्रो नभएको बताउनुभएको हो । ‘सरकार संग बुढीगण्डकी जलविद्युत आयोजना सम्पन्न गर्नका लागि जतिपनि बजेट छ, उहाले सरकार संग प्रश्न गर्दै भन्नुभयो, “चिनियाँ कम्पनीलाई ठेक्का दिनुपर्ने कारण के ?”

सरकारले यो आयोजनामा लगानी लगाउन नसके नेपाली जनताले लगानी लगाउन तयार रहेको भन्दै ठेक्का दिने विषयमा कांग्रेसले सकेको विरोध गर्ने उहाले बताउनुभयो । ‘अब यस विषयमा सदनमा चर्को आवाज उठाउँछौं सभापति देउवाले भन्नुभयो, “सरकार यस निर्णयबाट पछि हट्न बाध्य हुन्छ ।”

निकै संक्षिप्त रुपमा बोल्नुभएका देउवाले प्रधानमन्त्री केपि ओलीको नाम कर प्रसाद ओली राख्न उचित हुने टीप्पणी गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकारले चारैतिर करको बोझ थपेर जनतालाई मारमा पारेको आरोप लगाउनुभयो । ‘अब केपि ओलीको नाम कर प्रसाद ओली राखेपनि हुन्छ उहाले भन्नुभयो, “ यो सरकारले चारैतिर करको बोझ थपेर जनतालाई बर्बाद बनायो ।” अहिलेको सरकारले स्थानीय, प्रदेश र केन्द्र सरकार सम्म कर बढाएको उहाको आरोप थियो ।

बुद्धस्थलको भरिपूर्ण रहेको कपिलवस्तुको सम्भावना राम्रो रहेको भन्दै यहाँको विकासमा आफु सदैव लाग्ने देउवाले आश्वासन पनि दिनुभयो । सभापति देउवा सोमबार राती जिल्लामै बसेका छन् । मंगलबार आज जिल्लाको पश्चिमी क्षेत्रमा आयोजना हुने पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५ मंगलबार ००:००  २ : १९ बजे