३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

विप्लवलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको छः गृहमन्त्री थापा



पोखरा ।

गृहमन्त्री रामबहादुर थापाले भूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन। गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले आइतबार पत्रकारहरूसँग कुरा गर्दै विप्लव समूह शान्ति, सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको जानकारी दिए।

कस्तो प्रयास भइरहेको हो भन्ने स्पष्ट नपारे पनि गृहमन्त्रीले उक्त समूहका असंवैधानिक र गैरकानुनी गतिविधिलाई प्रतिबन्ध गरिएको बताउँदै संविधान र कानुनले नै त्यस किसिमका गैरकानुनी गतिविधिमा प्रतिवन्ध लगाएको स्पष्ट पारे। त्यसैगरी, वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएकोले शंका नगर्न आग्रह गरेका छन। उनले जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले नागरिकता नपाउँदा समस्या आएको उल्लेख गर्दै उनीहरूले नागरिकता पाउने विषय संविधानमा नै उल्लेख रहेको बताए।

प्रकाशित मिति : २४ चैत्र २०७५ आइतबार ००:००  ९ : १९ बजे