३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

शिवराज भयो खुला दिसा मुक्त क्षेत्र



माधव बेल्वासे, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकालाई बुधबार एक कार्यक्रमका बिच खुला दिसा मुक्त नगरपालिका घोषणा गरिएको छ । नगर भित्रका ११ हजार ४ सय ५४ घरमा शौचालय बने संगै नगर पालिकालाई खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरिएको हो । आज नगरपालिकाले चन्द्रौटामा एक कार्यक्रम आयोजना गरी खुल्ला दिसा मुक्त घोषणा गरेको हो । कार्यक्रम पुर्व तामझामका साथ सांस्कृति वाजा गाजा सहित ¥याली चन्द्रौटा वजार परिक्रम गरीएको थियो ।
“शिवराज नगरपालिकाको स्वभिमान खुल्ला दिसा मुक्त अभियान” भन्ने नारा सहित नगरपालिकालाई नगरप्रमुख नेत्रराज अधिकारीले खुल्ला दिसा मुक्त घोषणा गर्नुभएको हो ।
खुला दिसा मुक्त क्षेत्र घोषणा गर्दै नगर प्रमुख अधिकारीले सरसफाई क्षेत्रमा शौचालय निमार्ण र प्रयोग पहिलो पाइला रहेको बताउनुभयो । एक घर एक शौचालय निमार्णको लागी अभियान संचालन गरेर मात्र नगरलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न सफल भएको बताउनुभयो ।
नगरपालिकामा रहेका ११ वटा वडा मध्ये ३ वटा वडा पहिलेनै खुला दिसा मुक्त घोषणा भएका थिए । अभियान संचालन पश्चात नगरका ८ वटा वडालाई खुला दिसा मुक्त घोषणा गरिएको प्रमुख अधिकारीले वताउनुभयो । अभियानका क्रममा हस्ताक्षर अभियान, लोटा खोस्ने, अभिमुखीकरण कार्यक्रम, सचेतना सम्वन्धि गोष्ठी, नाटक प्रर्दशन लगाएतका कार्यक्रमहरु गरेको अधिकारीले जनाउनुभयो ।
नगर प्रमुख अधिकारीले शिवराज नगरपालिकालाई पुर्ण सरसफाई नगर बनाउने, सुरक्षीत खानेपानीको पहुच बनाउने, बालमैत्री स्थानिय शासन युक्त नगरपालिका बनाउने योजना अघि सार्नुभयो । अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा शतप्रतिशत घरमा शौचालय निमार्ण गरेको उल्लेख गरिएको छ ।
कार्यक्रममा प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले नगरपालिकालाई खुला दिसा मुक्त घोषणा गरेकोमा धन्यवाद दिनुभयो । अझै पनि शौचालय निमार्ण र प्रयोग गर्नुपर्छ भनेर सिकाउनु लाजमर्दाे कुरा भएको भन्दै आम नागरिक सचेत हुनुपर्ने वताउनुभयो ।
सांसद केसीले शौचालय निमार्ण र प्रयोग बारे नगरपालिकाले समय समयमा अनुगमन गर्नुपर्ने वताउनुभयो । खुला दिसा मुक्त घोषणा गर्दैमा सरसफाई अभियान पुरा नहुने भन्दै यस अभियान नरोक्न नगरपालिकाको ध्यानर्कषण गराउनुभयो ।
सरकारको सुखी नेपाली समृद्ध नेपाल नारालाई स्थानिय सरकार र प्रदेश सरकारले आत्मसाथ गर्दै विकास र समृद्धमा कुनै कसुर वाकि राख्न नहुने वताउनुभयो । कपिलवस्तुको हुलाकी सडक कालोपत्रेको लागी टेण्डरको प्रकृया वढेको भन्दै अव गाउ गाउमा विकासले गति लिने दावी गर्नुभयो ।
कार्यक्रममा वोल्ने अन्य वक्तहरुले सरसफाई स्वास्थ्यको विषय रहेका भन्दै नगरपालिकाले पुर्ण सरसफाई तथा स्वच्छ खानेपानीको लागी नया योजना ल्याउनुपर्ने वताएका छन । कार्यक्रम मार्फत सहयोग गर्ने सरोकारवालाहरुलाई सम्मान पत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वव्य समितिका सभापती नारायण खनाल, युनिसेफका वास अफिसर रोकश मलि, सरसफाई दुत महादेव पोख्रेल, शिक्षक टिकाराम पाण्डे, शिव सुवेदी, मानवअधिकारकर्मी विष्णु खतिवडा लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७५ बुधबार ००:००  २ : ४० बजे