२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

कांग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन पोखरामा सुरु



पोखरा ।
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहिबारदेखि पोखरामा सुरु हुँदैछ। शुक्रबारसम्म चल्ने सम्मेलनका लागि कांग्रेस जिल्ला कोषाध्यक्ष पोखरामा भेला भएको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे तय भएको छ।

सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने छ। सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको पुडासैनीले जानकारी दिए ।

दुई दिने सम्मेलनमा भातृ संस्थालगायत शुभेच्छुक संस्थाको समयमै महाधिवेशन मार्फत परिचालित गर्न र क्रियाशील सदस्यता वितरण कार्य विधान सम्मत हुनुपर्ने लगायतका विषयमा नेतृत्वलाई दबाब दिइने बताइएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ४ : ०८ बजे