३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

६ बिधेयक संशोधन सहित पारित



दाङ ।
तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभाको वैठकले ६ वटा विधेयक पारित गरेको छ । तुलसीपुर विकास वोर्ड गठन सम्वन्धि विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक, वाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गरेको नगर स्वास्थ्य विधेयक संशोधन सहित पास गरेको हो । बिधेयक विधायन समितिका संयोजक देवराज विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको वैठकले वार्षिक योजना तथा संशोधन प्रस्ताव वहुमतले पारित गरेको छ । सभाले तुलसीपुर विकास वोर्ड गठनको विधेयक पारित गरेसँगै ऐन बनाएर अगाडि वढ्ने छ ।
विधेयकमा उल्लेख भए वमोजिम यसभन्दा अगाडि सञ्चालनमा रहेका उपमहानगरपालिका र तत्कालिन गाविसमा रहेका विभिन्न कोषहरुलाई एकीकृत गरेर परिचालन गर्नका लागि वोर्डमा व्यवस्था गरिएको छ ।
विधेयकमा विभिन्न दातृ निकायले सहुलियत दरमा उपलब्ध गराएको ऋण सहयोग उपमहानगरपालिकाका निम्न वर्गका जनताको आर्थिक विकास, सामाजिक विकास, उद्यशिलता र रोजगारी विकासका लागि परिचालन गरिने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७५ बिहिबार ००:००  ५ : २३ बजे