४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

राजधानी दिल्लीको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा



सञ्जय पन्थी ।
नयाँ दिल्ली–भारतमा जारी १७ औं लोकसभाको पहिलो चरणको निर्वाचन बिहीबार सम्पन्न भएपनि अझै ६ चरणको निर्वाचन बाँकी छ । ६ चरणका लागि राजधानी दिल्लीका ७ स्थानसहित ४ सय ५३ स्थानमा १८ मई सम्म मतदान हुनेछ ।
तरपनि परिणामका बारेमा विश्लेषण, आकंलन र चर्चा जारी छ । मुख्य गरी राजधानी दिल्लीको निर्वाचनका बारेमा अझै बढी चासो छ । किनकी दिल्लीमा महागठवन्धनका सहयात्री कांग्रेस र आपका मतदाता पर्याप्त छन् ।
महागठवन्धनका सहयात्री बीच यहाँ अन्तिम चरणमा आएर तालमेल हुन् सकेको छैन् । त्यसैले यहाँको निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । महागठवन्धनका सहयात्री आप र कांग्रेस बीच तालमेल नभएपछि परिणाम अनअपेक्षित हुनसक्ने अनुमान गरिदैछ । दिल्लीको निर्वाचन आगमी मई ८ मा हुनेछ । उनीहरुको जस्तै भाजपाको पनि पर्याप्त मत दिल्लीमा छ ।
पछिल्ला ५ वर्षमा केन्द्र सरकारमा भाजपा रहेपनि दिल्ली प्रदेश सरकारको नेतृत्व आम आदमी पार्टीले गरिरहेको छ । दुई पटकको विधनसभा निर्वाचनमा आप दिल्लीमा ठुलो दल बन्न सफल छ । प्रदेश सरकार एकल बहुमतले चलाउदै आएको छ । अरविन्द केजरीवाल यहाँका मुख्यमनत्री छन् । विधान सभामा आपले बहुमत ल्याएपनि लोकसभा ०१४ को निर्वाचनमा भने भाजपाले नै बहुमत सिट जितेको थियो । दिल्लीमा लोकसभा निर्वाचनमा कुल ७ सिट रहेका छन् ।
भाजपा देशभर एक्लै निर्वाचन लडिरहेका बेला विपक्षी कांग्रेस भने स–साना दल सर्म्थित महागठवन्धन बनाएर चुनावी मोर्चामा छ । तर दिल्ली र उत्तर प्रदेशका हकमा भने महागठवन्धनका दलले नै कांग्रेस संगको सहयात्रा इन्कार गरेका छन् । दलहरुले स्वतन्त्र हैसियतमा आफ्नै उमेद्धवार खडा गरेका छन् । उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टी र समाजवादी पार्टीले मोर्चा बनाएर निर्वाचन सिट बाँडफाँड गरे । कांग्रेसका सोनिया र राहुलालाई २ स्थानमात्र छाडेर बाँकी ७८ स्थानमा आफ्नै उमेद्धवार खडा गरे । साथै नामांकन समेत दर्ता गरिसकेका छन् । त्यसैगरी दिल्लीमा पकड रहेको आपले पनि कांग्रेससंग तालमेल बिना आफ्नै उमेद्धवार खडा गरेको छ । त्यसले गर्दा भाजपालाई दिल्लीको प्रतिष्पर्धामा अलि सहज हुने भएको छ ।
दिल्लीका ७ स्थानका लागि कांग्रेस, आप र भाजपाले आ–आफ्नै उमेद्धवार खडा गरेका छन् । आप र कांग्रेसबीच सिट बाँडफाँडमा कुरा नमिले पछि यहाँको निर्वाचन परिणाम महागठवन्धनले सोचेभन्दा फरक आउन सक्ने संभावना छ ।
आपका दिल्ली विधायक संजयसिंहले कांग्रेससंग तालमेल नहुने जानकारी गराए । उनले भने ‘अब कांग्रेससँग कुनै गठवन्धन हुदैन् । हामी आफ्नै बलबुतामा दिल्लीबाट निर्वाचन लड्छौ ।’ सिंहको भनाइले दिल्लीको निर्वाचन तालमेल र आंकलनले फेरी चर्चा पाएको छ । कांग्रेस प्रवक्ताले अन्तिम समयमा पंजाब र हरियाणामा तालमेल नगर्ने भनाई सार्वजनिक गरेसंगै महागठवन्धनमा दिल्लीको चुनावी समिकरण बिग्रिएको छ ।
यदि महागठवन्धनका तर्फबाट आप र कांग्रेसबीच तालमेल भएको खण्डमा नतिजा फरक आउन सक्ने अनुमान गरिएको थियो । तालमेल भएको खण्डमा भाजपाका लागि दिल्लीमा अझैपनि चुनौती छ ।
किनकी कांग्रेसले एक्लौटी चलाउदै आएको दिल्ली सरकारको नेतृत्व आपको उदयसँगै उसको पोल्टामा गएको छ । भाजपाले प्रदेश स्तरमा नेतृत्वको अवसर नै पाएको छैन् । त्यसैले पनि दिल्लीको निर्वाचनमा भाजपालाई गाह्रो हुने अनुमान गरिएको थियो । तर कांग्रेस र आप बीच तालमेल नभएपछि दिल्लीका ७ सिट मै उमेद्धवार उठाएको भाजपालाई दिल्लीका सिट यस पटक चिठ्ठा साबित हुने अड्कल गर्न थालिएको छ ।
विधान सभाको निर्वाचनमा एक्लौटी बनाएको आपका लागि यस पटकको निर्वाचनमा त्यो अवस्था नभएको विश्लेषक तथा पत्रकार मदन हिन्दले बताए । उनले भने ‘दिल्लीको परिणाम अनुमान गरिए जस्तो नहुन सक्छ । ’ किनकी दिल्लीबाट आप र कांग्रेस बीच तालमेल नभएपछि परिणाम अर्कै हुनसक्ने उनको तर्क छ ।
दिल्लीका ७ सिट मध्ये ३ र ४ गरेर कांग्रेस र आपले बाडेर निर्वाचनमा गएको भए यस पटक पनि दिल्लीबाट भाजपालाई ठुलो धक्का हुने थियो । तर तालमेल नभएकोले दिल्ली भाजपाको पक्षमा नजाला भन्ने अनुमान गर्न नसकिने उनले बताए । दिल्लीमा तिनै पार्टी बीच आ–आफ्नै स्वार्थको राजनीति बल्झिएको छ । सन् २०२० मा विधान सभाको निर्वाचन छ ।
यतिखेको समीकरणले त्यसबेला नेतृत्वको अवसर चुक्न सक्ने भयले आप र कांग्रेस बीच तालमेल हुन नसकेको हो । हिन्दले भने ‘अन्यत्रबाट ओइलाएको कमल दिल्लीमा नफक्रिएला भन्न सकिदैन् । दिल्लीका ७ सिटबाट भाजपा विजय हुन बेर छैन् ।’
दिल्ली राजधानी भएपनि मतदानमा सहभागी हुने तल्लो वर्गका मतदाताको बाहुल्य रहन्छ । स्थानीय बासिन्दा पवनलाल हर्षले भने ‘तल्लो वर्गमा तुलनात्मक रुपमा भाजपाले यसपटक आर्कषण गरिरहेको देखिन्छ ।’त्यसैले परिणाम आकलन गर्दा अघिल्लो विधानसभालाई मूल्यांकन गरेर आप आउ“छ भन्नु गलत हुन सक्ने उनको तर्क छ ।

प्रकाशित मिति : ३ बैशाख २०७६ मंगलबार ००:००  २ : १३ बजे