५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पब्जी गेममाथि प्रतिबन्ध नलगाउन सरकारलाई सर्वोच्चको आदेश



काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाएको पब्जी गेम खुल्ला गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी गेम खुलाउन आदेश दिएको हो ।
अधिवक्ता प्रविन सुवेदीले वैशाख ३ गते सर्वोच्चमा पब्जीमाथि प्रतिबन्ध लगाउन नहुने भन्दै रिट निवेदन दाय गरेका थिए । यसअघि बालबालिका र किशोरकिशोरीमाझ लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा यसमा प्रतिबन्ध लगाएको थियो ।
पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ। ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन्। यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६ शुक्रबार ००:००  ९ : ३४ बजे