५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राहुल गान्धी बीजेपीविरुद्ध लड्दै छन कि कम्युनिष्टविरुद्ध स्पष्ट पार्नुपर्छः यचुरी



एजेन्सी ।
भारतीय कम्युनिष्ट पार्टी(मार्क्सवादी) का महासचिव सीताराम येचुरीले कांग्रेस अध्यक्ष राहुल गान्धीले बीजेपीविरुद्ध लड्न लागेको हो वा कम्युनिष्टविरुद्ध स्पष्ट पार्नुपर्ने बताएका छन् ।
महासचिव येचुरीले वामपन्थीको गढ मानिने केरलको वायनाडबाट गान्धीको उम्मेदवारीले अलग सन्देश गएको बताएका छन् ।
सीताराम येचुरी भन्छन्, ‘केरलको सबै २० सिटमा कांग्रेस नेतृत्वको यूडीएफ र वाम दल नेतृत्वको एलडीएफबीच प्रतिस्पर्धा रहेको छ । चाहे उम्मेदवार राहुल हुन् वा अरु कोही ।’ येचुरी भन्छन्, ‘अब राहुल गान्धी के चाहन्छन्, त्यो उनीमाथि नै भर पर्छ । राहुल गान्धी आफ्नी आमा र हजुरआमाभन्दा बेग्लै तरिकाले केरलमा वाम दलविरुद्ध उठेर के सन्देश दिन चाहन्छन् ? उनले देशलाई बताउनुपर्छ कि उनको लडाइँ बीजेपीविरुद्ध हो वा वामदलविरुद्ध ?’
राहुल गान्धी केरलबाट उम्मेदवार बनेपछि भारतीय कम्युनिष्ट पार्टीले कांग्रेसलाई समर्थन गर्ने सम्भावना सकिएको भन्ने प्रश्नमा महासचिव येचुरी भन्छन्, ‘यदि राहुल गान्धी नभए त्यहाँ कांग्रेसको कोही अरु उम्मेदवार हुन्थ्यो ।’ येचुरीले चुनावपछि नै प्रस्तावित धर्म्निरपेक्ष सरकारको हिस्सा हुने नहुनेबारे छलफल हुने बताएका छन् ।
यस पटक राहुल गान्धी उत्तर प्रदेशको अमेठी र केरलको वायनाड क्षेत्रबाट चुनावमा उठ्दै छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ३ : २४ बजे