२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ को मृत्यु



उदयपुर ।
उदयपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ भएका दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका(७ मा गाईघाटबाट चुहाडेतर्फ जाँदै गरेको लु३त ४४४९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु४९प ४०७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका(७ का ३५ वर्षीय कालिन्दा भण्डारीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए। ठक्कर दिने ट्याकटर र चालक नियन्त्रणमा रहेका छन्। यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका ३ त्रियुगा चोकमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको २६प ३०९९ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ७ बजे आफैं अनियन्त्रित भई दुर्घटना सोही स्थानका ३५ वर्षीय धनकुमार राईको मृत्यु भएको एक प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिइएको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी प्रवक्ता तथा सूचना समन्वय अधिकारी प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेका अनुसार दुर्घटनामा परी गम्भीर राईको पनि उपचारको क्रममा मृत्यु भएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ८ : ०५ बजे