२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

‘नेपाली शब्दसागर’ का लेखक शर्माको निधन



काठमाण्डौ ।
नेपालको सबैभन्दा ठूलो शब्दकोश ’नेपाली शब्दसागर’का लेखक वसन्तकुमार शर्मा ’नेपाल’को ९७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छातीको संक्रमणबाट अस्वस्थ शर्माको शनिबार चावहिलमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

वि.सं. १९८४ मा काठमाण्डौकै महाराजगञ्जमा जन्मिएका शर्मा साहित्यकार पनि हुन् । ’नेपाली शब्दसागर’लगायत उनका करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका शर्माले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  १० : ३४ बजे