२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

पंजाबले दियो १६४ रनको विजयी लक्ष्य, सन्दिपले पाउलान् म्यान अफ दि म्याच ?



मायादेवी अनलाइन, बाणगंगा ।

इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले दिल्ली क्यापिटल्सलाई १६४ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको किंग्स इलाभेन पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको हो ।

पञ्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । उनले ३७ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६९ रन बनाएका हुन् ।

त्यस्तै  मन्दीप सिंहले ३० रन बनाउँदा रविचन्द्रन आश्विनले १६ तथा हरप्रीत ब्रारले २० रन बनाए ।

दिल्ली क्यापिटल्सका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए । चार ओभरमा ४० रन खर्चिए पनि उनले क्रिस गेलसहित पञ्जाबका महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै दिल्लीका लागि कागिसो रबाडा र अक्षर पटेलले समान २-२ विकेट लिए । दिल्लीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ४ : ५२ बजे