५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

धादिङमा बस दुर्घटना, २ जनाको मुत्यु



काठमाडौं ।
काठमाडौंबाट मनकामनाका लागि छुटेको रिजर्भ बस धादिङमा दुर्घटनाग्रस्त हुँदा २ जनाको मृत्यु भएको छ ।
बा ४ ख १४१५ नम्बरको संयुक्त यातायातको रिजर्भ बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ, गजुरीले जानकारी दिएको छ ।
बसमा चालकसहित २९ जना सवार रहेकोमा २७ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ६ : ४१ बजे