७ असार २०८३, आइतबार | Sun Jun 21 2026

साउदी अरबमा ३७ जना नागरिकलाई मृत्युदण्डको सजाय



एजेन्सी ।
साउदी अरबले आतंकवादमा संलग्न भएको आरोपमा आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
साउदी अरबको सरकारी सामाचार संस्थाका अनुसार, उनीहरुलाई रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त र शिया अल्पसंख्यकहरुको गढ इस्टर्न प्रान्तमा मृत्युदण्ड दिइने छ ।
साउदी प्रेस एजेन्सीले भनेको छ, ‘आतंकवादी र चरमपन्थी विचारधारा अपनाएको र देशको सुरक्षा अस्थिर बनाउनका लागि आतंकवादी गतिविधिमा संलग्न रहेको अरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय दिइएको हो ।’
एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृत्युदण्डको सजाय दिइसकिएको छ ।
सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई आतंकवाद गतिविधिमा संलग्न भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  १ : ०६ बजे