८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पार्टीलाई जडसूत्रवादी र अवसरवादी नभएको स्थापित गर्न अभियान चलाउछौः प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिने बताएका छन्। उनले पार्टी शुद्धीकरणको अभियानसँगै विकासलाई तीव्रताका साथ अगाडि बढाउने बेला आएको बताएका छन्। बुधबार ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रचण्डले अब पार्टीले जनचाहनाबमोजिम नै पार्टी विकास र एकतामा अगाडि बढ्ने बताएका हुन्। ुनेपाली जनतानले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन् कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछु, प्रचण्डले भने, ुएकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ। अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ।पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रचण्डको भनाइ थियो।
उनले पार्टीले जिल्ला कमिटीमा एकता गरेर जनतामा हौसला बढेको पनि बताए। अध्यक्ष प्रचण्डले पार्टीको नेतृत्मा रहेको सरकारले विविध कारणले सोचेअनुसार विकास निर्माणका काम गर्न नसकेको बताए। अब सरकार र पार्टी विकास निर्माणका कामलाई अगाडि बढाउने अभियानमा लाग्ने प्रचण्डले जानकारी दिए।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  १ : ५९ बजे