४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किदा ५ जना घाइते, एकको अवस्था गम्भीर



गुल्मी ।
गुल्मीको छत्रकोट गाउपालिका-४ श्रृंगा कोल गैरामा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
गुल्मी दरबार गाउँपालिका गौँडाकोटबाट बलेटक्सारको लागि छुटेको लु १ च १७ नं जिप र पिपलनेटाबाट लुम्छा जाँदै गरेको लु १२ प २९६७ मोटरसाइकल श्रृंगा देउराली र पिपलनेटाको बीचमा ठोक्किदा सो दुर्घटना भएको हो ।
घाइते हुनेमा गुल्मीको मुसिकोट नगरपालिका-४ बडागाउँका जिप चालक २३ वर्षीय तारा रास्कोटी, मालिका गाउँपालिका-६ का २२ वर्षीयका वसन्त पराजुली, रेसुंगा नगरपालिका-२ का ३८ वर्षीय गोपाल पोखरेल, अर्घाखाँची मालारानी गाउँपालिका-४ का २२ वर्षीयका दिलीप केसी र मोटरसाइकल चालक छत्रकोट गाँउपालिका ४ का १८ वर्षीय शालिकराम पन्थ रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खडकाले जानकारी दिए । घाइतेमध्ये पोखरेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ५ : ४९ बजे