४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

श्रीलंकामा फेरि बिस्फोट



काठमाडौँ ।
श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्व रहेको एक बजारमा बिहीबार बिहान पुनः बिस्फोट भएको छ । कोलम्बोबाट ४० किलोमिटर पूर्वको पुगोडा बजारमा बिस्फोट भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा कसैको ज्यान गएको छैन । पुगोडाको अदालत पछाडि बिस्फोट भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । यो बिस्फोट गएको आइतबार कोलम्बोकका विभिन्न चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको बिस्फोट जस्तो भने नरहेको प्रहरीको भनाई छ ।
इस्टरको दिन गएको आइतबार भएको बिस्फोटमा ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । त्यो घटनामा ५०० जना भन्दा बढि घाइते भएका छन् ।
बिस्फोट हुने पूर्व चेतावनी भारतीय गुप्तचर निकायले दिएको भए पनि त्यसलाई गम्भीर रुपमा नलिँदा ठूलो मानवीय क्षति भएको भन्दै श्रीलंकामा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १२ : ११ बजे