५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रिना बस्नेत हत्याकाण्डः पथरीमा डिएसपी खटाइयो



काठमाडौ ।
रिना बस्नेत हत्याले अशान्त मोरङको पथरीमा प्रहरी नायब उपरीक्षक (डिएसपी) खटाइएको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै पथरीमा डिएसपी खटाइएको प्रदेश नम्बर १ कार्यालयले जनाएको छ ।
तत्कालका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायब उपरीक्षक नवराज ढुंगानालाई इलाका प्रहरी कार्यालय पथरीमा खटाइएको छ । त्यहाँ प्रहरी निरीक्षकको दरबन्दी थियो ।
बस्नेत हत्या प्रकरणपछि विवादमा आएका प्रहरी निरीक्षक कमल बजगाईंलाई भने यथावत् राखिएको छ। प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले आगामी दिनमा डिएसपीको दरबन्दी सिर्जना गर्ने गरी तत्काल ढुंगानालाई खटाइएको बताए ।
गत शनिबार पथरी बजारमा बस्ने २९ वर्षीया रिना बस्नेतको हत्या भएको थियो । शनिबार बिहान डेराअगाडि उनको नग्न शव फेला परेको थियो।
मोरङ प्रहरीले बस्नेतको बलात्कारपछि हत्या भएको भन्ने आरोप प्रमाणित नभएको बताएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १ : २२ बजे