४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

भिडियो बनाएर सामूहिक बलात्कार, २ जना पक्राउ



नेपालगञ्ज ।
बाँकेमा १५ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बैजनाथ गाउँपालिकाको देउराली सामुदायिक वनमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा १८ वर्षका विरु वली र २६ वर्षका रामजी रोकायलाई पक्राउ गरिएको छ । किशोरीले दुवैको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी रमेशबहादुर सिंहको टोलीले भाग्दै गरेको अवस्थामा दुवैलाई पक्राउ गरेको जनाएको छ ।
बुधबार दिउँसो २ बजेतिर घरमा एक्लै रहेकी किशोरीलाई तानेर जंगलमा लगिएको थियो । जंगलमा लगेपछि शुरुमा विरुले बलात्कार गरे । अलिकति टाढा बसेका रामजीले मोबाइलमा भिडियो बनाए । विरुले बलात्कार गरिसकेपछि रामजी घटनास्थलमा पुगे ।
किशोरीलाई ‘यौनकाण्ड’को भिडियो बनाएकाले आफूलाई पनि यौन सम्पर्क गर्न नदिए बाहिर ल्याइदिने धम्की दिए । त्यसपछि रामजीले बलात्कार गरे ।
किशोरीले विरु र रामजीको नाममा किटानी जाहेरी दिएकी छन् । इलाका प्रहरी कार्यालय, कोहलपुरले दुवैलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइसकिएको छ । दुवैलाई म्याद थप गरिएको छ ।
प्रहरीले रामजीको मोबाइल जाँच गर्दा भिडियो थिएन । उसले खाली धम्की दिएको आशंका गरिएको छ । ‘डिलिट गरेको पनि हुन सक्छ’ प्रहरीले भनेको छ । जंगलको छेउमै रहेकी किशोरीलाई विरुले जिस्क्याइरहन्थे ।
बंगुर फारममा काम गर्ने दुवै जना त्यस दिन मदिरा पिएर गएका थिए । मदिराको सुरमा रहेका उनीहरुले घरमा एक्लै रहेकी किशोरीलाई देखेपछि ‘सैतानी’ सोच बनाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  १ : १५ बजे