५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिंहदरबारमा अन्तर प्रदेश बैठक सुरु



काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा शुक्रबार अन्तर प्रदेश बैठक शुरु भएको छ। बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य सचिव, नेपाल सरकारका मन्त्रीहरु लगायतको सहभागिता रहेको छ ।
गत भदौ २४ गते बस्ने भनिएको बैठक स्थगित भएपछि मुख्यमन्त्रीहरुले बैठकको माग गर्दै आएका थिए। बैठकमा सातै प्रदेशका मुख्य मन्त्रीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बैठकले संघीयता कार्यान्वयनसँग जोडिएका विवादित विषयहरुलाई समाधान गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  ३ : ३४ बजे