५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

समाज खुलामञ्चको सटरमा चल्यो महानगरको डोजर



काठमाडौं ।
खुलामञ्‍चमा अवैधानिक तवरबाट निर्माण गरिएका सटर भत्काउन डोजर चलाइएको छ। चौतर्फी विरोधपछि महानगरपालिकाले शनिबार सटर भत्काउन डोजर चलाएको हो। महानगरपालिकाका प्रवक्ता ईश्‍वमार डंगोलकाअनुसार स्वच्छन्द विल्डर्सले सम्झौताभन्दा बाहिर गएर सटर निर्माण गरेको थियो। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सटरहरू भत्काइएको हो। महानगरपालिका र ठेकेदार कम्पनी स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको पाइएको थियो। यसको चौतर्फी विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरू भत्काउने भएको हो। खुलामञ्चभित्र करिब ४० वटा सटरहरू खडा गरेर पसल सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  ५ : १० बजे