५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गजेहडा खानेपानीको अध्यक्षमा राज कुमार खाँण निर्वाचित



मायादेवी अनलाइन, वाणगंगा ।

गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा राजकुमार खाँण सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । वाणगंगा १ उप्टहवामा सम्पन्न समितिको दोश्रो साधारण सभा तथा अधिवेशनले खाँणलाई ४ वर्षका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।

११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विष्णु विसी, सचिवमा बुद्ध बहादुर शाही, कोषाध्यक्ष नमुना पौडेल र अन्य सदस्यहरुमा रहेका छन् । त्यस्तै साधारण सभा तथा अधिवेशनले विजय बहादुर शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा सुमित्रा उपाध्याय र अर्जुन प्रसाद पोख्रेल रहनुभएको निर्वाचन समितिका संयोजक तेज प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  ६ : ५१ बजे