८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

आजको मौसमः गर्मी संगै केही ठाउँमा हुरी–बतास चल्ने सम्भावना



काठमाडौँ
पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका बाँकी क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रको मौसम भने आंशिक बदली रहने र एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । तराईका क्षेत्रमा चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने छ । पछिल्लो केही दिनदेखि गर्मी बढ्दै गएको छ र यो क्रमम जारी रहने जनाइएको छ । पश्चिमका केही ठाउँमा बेलुका तिर हुरी–बतास चल्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६ मंगलबार ००:००  ७ : ४५ बजे