५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कर कम तिर्नुपर्ने भन्दै एनसेलले दायर गरेको मुद्दा टुंगिएन



काठमाण्डौ ।
ठूला करदाता कार्यालयले निर्धारण गरेको कर आफूले तिर्नुपर्नेभन्दा बढी भएको भन्दै एनसेलले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ ।

न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा बहस नसकिएपछि सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको हो। उक्त रिटबारे मंगलबार यी दुई न्यायाधीशकै इजलासमा सुनुवाइ हुनेछ।
एनसेलले दायर गरेको रिट निवेदनमा १२ बैशाखमा न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सोममबारका लागि छलफलमा बोलाएको थियो। यसअघि ठूला करदाता कार्यालयले वैशाख ३ मा एनसेललाई ३९ अर्ब रुपैयाँ कर निर्धारण गर्दै एक साताभित्र तिर्न पत्राचार गरेको थियो।

प्रकाशित मिति : २३ बैशाख २०७६ सोमबार ००:००  ५ : ०४ बजे