२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

जब ‘ल्याम्प र बर्गर’ ड्रेसमा देखिइन् केटी पेरी…



काठमाडौं ।
अमेरिकन गायिका केटी पेरी सामाजिक सञ्जालमा अहिले चर्चा बटुलिरहेकी छिन्। यसको मुख्य कारण हो, न्यूयोकमा भइरहेको ‘मेट गाला २०१९ इभेन्टमा’ उनको फरक शैलीको फेशन ट्रेण्ड फलो।

मेट गालाको रेड कार्पेटमा केटी पेरीलाई ‘ल्याम्प ड्रेस’ले झनै चर्चित बनाइदियो।त्योभन्दा पनि बढी आर्कषक केटी पेरीको बर्गर ड्रेस थियो।

फेसन आइकन केटी पेरीको ‘मेट गाला लुक’ पहिले झै यस वर्ष पनि सर्वाधिक चर्चामा रह्यो। बर्गर होस या ल्याम्प दुवै ड्रेसबाट पेरीको फेशनले थप उत्साह र उमङ ल्‍याइदियो दर्शकदिर्घामा। उनीहरु यो ड्रेसलाई नजिकबाट नियालरहे धेरै बेरसम्‍म।

त्‍यहा बर्गर ड्रेससँगै केटी पेरीको जुत्ता पनि फरक ढङगले तर जुत्ताको रङ र लुक्स पनि बर्गर जस्तै डिजाइन गरिएको थियो।उनले जुत्ताको तस्बिर केटी पेरीले आफ्नो सामाजिक सञ्जाल टुइटरमा सेयर गरेकी छन्।

योभन्दा पहिले केटी पेरीले लैम्प ड्रेस लगाएर रेड कारपेटमा सबैलाई अचिम्मित पारेकी थिइन्। ग्यामर डीवाको ड्रेसलाई जमर्नी स्कोटले तयार गरेका थिए।

केटी पेरीको यी तस्बिरहरु धेरै भाइरल भइरहेका छन्। यसका साथै सामाजिक सञ्जालमा सेलेबे्रटिको मेट गाला लुकाई लिएर ट्रोल पनि गरिरहेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०७६ बुधबार ००:००  २ : ४३ बजे