३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

अमेरिकी मेटगाला फेसन इभेन्टमा प्रियंका र दीपिकाको धमाका



एजेन्सी ।
विश्वकै सबैभन्दा ठूलो फेसन इभेन्टको रुपमा मेटगाला फेसन कार्यक्रमलाई लिइन्छ। न्यु योर्कमा वर्षेनी यस इभेन्टको आयोजना हुन्छ। यस कायक्रममा मानिसहरु निकै आकर्षक पहिरनमा सजिएर आएका हुन्छन्। यहाँको टिकट निकै महंगो हुन्छ। खाने पिउने व्यवस्था समेत शानदार हुन्छ।

यसपटकको मेटगालामा दुई भारतीय अभिनेत्रीहरु दीपिका पादुकोण र प्रियंका चोपडा समेत त्यहाँ उपस्थित थिए। यी दुवैले हलिउडमा काम गरिसकेका छन्।

प्रियंका चोपडमा आफ्ना पति अमेरिकी गायक निक जोनाससँग उक्त कार्यक्रममा पुगेकी थिइन्। दीपिका पादुकोणले लगाएको पहिरन र प्रियंकाले लगाएको पहिरनबारे यतिबेला निकै चर्चा भइरहेको छ।

उक्त कार्यक्रममा गायिका लेडि गागा, केटी पेरी, खेलाडी सेरिना विलियम्स लगायतका अन्य चर्चित सेलिब्रिटी पनि समावेश भएका थिए। एजेन्सी

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  १२ : ०७ बजे