७ असार २०८३, आइतबार | Mon Jun 22 2026

विप्लवको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष काठमाडौँबाट पक्राउ



काठमाडौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पक्राउ परेका छन्।
शुक्रबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा आयोजित कार्यक्रममा सहभागी हुन आएका क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदी ढकालको पक्राउको पुष्टि गरे। पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान भइरहेको एसएसपी सुवेदीले बताए।

प्रकाशित मिति : २७ बैशाख २०७६ शुक्रबार ००:००  २ : १३ बजे