९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

विप्लवका रुकुम जिल्ला ईन्चार्ज पक्राउ



रुकुम ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका रुकुम पूर्व जिल्ला ईन्चार्ज कर्णबहादुर नकाल ‘शिशिर’ पक्राउ परेका छन् । केही दिन अघिदेखि रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायला तथा सिम्लीमा लुकीछिपी बसेको सूचनाको आधारमा प्रहरी उनलाई पक्राउ गरिएको हो । रुकुम पूर्व कार्यक्षेत्र भए पनि नकालको घर गरायला हो। उनी माओवादी जनयुद्धमा ब्रिग्रेड सहायक कमाण्डरसमेत भएका थिए।
उनलाई हिरासत लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । सरकारले विप्लव समुहलाई प्रतिबन्धित गरेसँगै रुकुम प्रहरीले कार्यकर्ता पक्राउ अभियान थालेको छ । हालसम्म जिल्लाामा ४ जना कार्यकर्ता पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  २ : २४ बजे