२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

सोमबार सुनको मूल्य कति ?



काठमाडौं ।
नेपाल बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन आइतबार ६० हजार प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोला ६० हजार २ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रति तोला ५९ हजार ९ सयमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय थियो ।

सोमबार चाँदी भने प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  ११ : २२ बजे