५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

उद्योगमैत्री कार्यक्रमले ईट्टा उद्योग रुपान्तरित हुदै


१६ जेष्ठ २०७६ बिहिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु, रुपन्देही र नवलपरासीमा संचालित बिबिएन परियोजना उद्योगमैत्री बनेको छ । बेटर व्रिक नेपाल (बिबिएन) परियोजना मार्फत उद्योगमा आधारभूत मापदण्ड पुरा गर्दै कामदारमैत्री उद्योग बनाउन सघाउ पु¥याएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी तथा सुरक्षा जस्ता आधारभूत आवश्यकतामा उद्योग, कामदार तथा सरकारसंग त्रीपक्षीय सहकार्य गर्दै आएको छ । कामदार, उद्योग र सरकारबीच पुलको काम गर्दै परियोजनाले नितिगत पैरवीमा समेत टेवा पु¥याएको छ । ३ जिल्लामा परियोजना कार्यान्वयन भएपछि केही उद्योगहरु क्रमश रुपान्तरीत भई प्रमाणीकरणमा पुगेका छन् । जस अन्तरगत एनएसएस, सम्बृद्धि र माता मनकामना इटा उद्योगहरुले उक्त सूचकहरु पार गर्ने चरणमा छन् । ती उद्योगले तोकेको मापदण्ड अनुसार १ सय १० सूचकहरुमा आफुलाई रुपान्तरित गरेका हुन् । जसले ईटाको गुणस्तरमा पनि प्रभाव परेको छ ।
उद्योगको लाइसेन्स लिदा नै मापदण्ड तोकेको हुन्छ तर कार्यान्वयनमा समस्या छ, संचालक विनोद पन्तले भने –तर हामीले यस्ता कुरामा बेवास्ता गर्दा परियोजनाले यसमा समन्वयको काम गरिरहेको छ । उद्योगमै बालविकास चलाएकै छौं, नजिकको विद्यालयसंगको समन्वयमा विद्यालय पठाउछौ, बुद्ध ईटा उद्योगका संचालक विनोद पन्तले भने – उद्योगमा शौचालय खानेपानीको व्यवस्था छ, स्वास्थ्य सरसफाईमा समेत ध्यान दिएका छौ भने पोषणयुक्त खानेकुराले बालसंरक्षणमा सहयोग पुगेको छ । जसले गर्दा सरकारले तोकेको मापदण्ड उद्योगमा लागु गर्न सहज भएको छ, जहाँ बेटर व्रिक नेपाल कार्यक्रमले सहयोग गरेको छ ।
परिवार सहित जिल्लाका विभिन्न ईटा उद्योगमा काम गर्दै आएका मजदुरहरुका लागि लक्षित गरेर घरघरमा शिक्षा तथा आत्म निर्भर विकास संस्थाले बेटर ब्रिक नेपाल परियोजना संचालन गरेको छ । परिवारसंग छोराछोरी संगै आउने भएकाले ईटा उद्योगमा बालश्रम रोकथाम गर्दै आधारभूत शिक्षा, स्वास्थ्य खानेपानी र सरसफाई लगाएतको क्षेत्रमा उद्योग संचालक संग मिलेर काम गर्दछौं, कार्यक्रम संयोजक दुर्गा अर्यालले बताए । उनका अनुसार उद्योगी आफै सूचकहरु पुरा गर्न ठुलो लगानी समेत गरेका छन् भने स्थानीय सरकारले पनि साथ दिएको छ ।
परियोजनाले कपिलवस्तुमा १५, रुपन्देहीको २ र नवलपरासीमा १ वटा ईटा उद्योगमा काम गर्ने मजदुर, तिनका बालबालिका र महिला कामदारका लागि लक्षित गरेर कार्यक्रम संचालन गर्दै आएको छ भने उद्योगीहरुका लागि पनि क्षमता अभिवृद्धि गरेको छ । १८ उद्योग मध्ये १६ उद्योगमा संचालित बालविकासबाट ८ सय २५ जना बालबालिकाहरु लाभान्वित भएका छन् भने कामदारका २ सय ६० बालबालिका विद्यालयमा पढ्न गएका छन् । परियोजनाले हालसम्म ७ हजार बढि कामदार र १८ उद्योगीहरु अभियानमा जोडिएका छन् । जसले सरकार, उद्योगी तथा कामदार बीचको साझेदारीलाई बढावा दिएको छ ।
नेपालको श्रम ऐन २०७४, बालबालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध तथा नियमन ऐन, बालश्रम निवारण सम्बन्धी राष्टिय कार्ययोजना, अन्तराष्टिय श्रम संगठन तथा महासन्धी र सामाजिक सुरक्षा ऐन २०७५ लाई आधार मानेर काम गरिएको सम्बद्ध निकायको भनाई छ । उद्योगहरु यस तर्फ सचेत हुदै बालबालिका र कामदारको संरक्षणमा चासो दिएका छन् ।
उद्योगमा कामदारको अभाव छ । जिल्ला वाहिर तथा भारतबाट कामदार ल्याउनुपर्ने बाध्यता छ, सेभेन स्टार इटा उद्योग हरिहरपुरका संचालक दुनिका भुसालले भने, हामी रोजगारी दिइरहेका छौं तर स्थानीय स्तरमा जनशक्ति नै छैन । भुसालका अनुसार आफनो उद्योगमा ३ सय जनालाई रोजगारी दिएका छौं । उद्योगमा ४० प्रतिशत भारतीय कामदार छन् । युवा जनशक्ति नेपालमा छ, उनले भने – तर काम गर्न तयार छैनन्, भारतबाट ल्याउन बाध्य छौं । विद्यालयमा पनि सिपमुलक शिक्षा दिनुपर्ने अहिलेको आवश्यकता भएको उद्योग व्ययवसायी बताउछन् ।
३ जिल्लामा अझै पनि केही उद्योगहरुको अवस्था नाजुक रहेको छ, ईटा उद्योग उद्योगको रुपमा नभएर आन्तरिक तथा बाह्य वातावरणीय तथा पूर्वाधारको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६ बिहिबार ००:००  ७ : ३१ बजे