१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

प्रधानमन्त्री ओलीले लगाइदिए भारतीय प्रधानमन्त्रीलाई रुद्राक्षको माला



काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बिहीबार साँझ आयोजित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले शुक्रबार मोदीसँग शिष्टाचार भेट गरेका हुन्।

ओली र मोदीबीचको भेटमा नेपाल—भारतको दुईपक्षीय हितकाबारे छलफल भएको प्रधानमन्त्री ओलीका विदेश सल्लाहाकार डा. राजन भट्टराईले जानकारी दिए। भेटका क्रममा ओलीले मोदीलाई रुद्राक्षको माला उपहारस्वरुप दिएका छन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  २ : ३६ बजे