१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

एकता गर्दा भएको सहमति दायाँबायाँ गर्न हुँदैनः बामदेव गौतम



दाङ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य बामदेव गौतमले पार्टी एकता गर्दा भएको सहमतिमा दायाँबायाँ गर्न नहुने बताएका छन् । नेकपा प्यूठानको शपथ ग्रहण गराउन प्यूठान पुगेका गौतमले समृद्ध मुलुक निर्माणको सुरुवात भएकोले यसको कार्यान्वयका लागि समेत सहमति कार्यान्वयन अवश्यक भएको बताए ।
गौतमले यस वर्षको बजेट उत्कृष्ट र जनपक्षीय भएको बताउँदै जनपक्षीय बजेट नेकपाकै सरकारले ल्याएको तर्क गरे । यो बजेटको कार्यान्वयनमा कुनै शंका गर्नु नपर्नेमा जोड दिएका उनले विगतका कमीकमजोरी सच्याएर समृद्ध मुलुक निर्माणार्थ सरकार लागिरहेको दाबीसमेत गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ४ : २८ बजे