१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

लक्ष्मणघाट सामाजिक विकास केन्द्र र सीडीभी ग्लोबलको साझेदारीमा आधारित कार्यक्रम संचालन हुने



थानेश्वर अधिकारी, वाणगंगा ।

लक्ष्मणघाट सामाजिक विकास केन्द्र र सीडीभी ग्लोबलको साझेदारीमा बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाटमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा सी डी भी ग्लोबलका नेटर्वक म्यानेजर जनकराज हमालले सी डी भी ग्लोबलको बारेमा जानकारी गराउनु भएको थियो । बाणगंगा ६ लक्ष्मणघाट स्थित संस्थाको आफ्नै कार्यालयमा सम्पन्न कार्यशालामा संस्थाले संचालन गर्ने कार्यक्रमको बारेमा छलफल भएको थियो ।
यसै विच लक्ष्मणघाट सामाजिक विकास केन्द्र र सी डी भी ग्लोबल बिच कार्यक्रम तथा क्षमता विकास तालिम संचालनका लागि २ बर्षको सम्झौता समेत भएको संस्थाका अध्यक्ष रणबहादुर काउचाले बताउनुभयो । सम्झौता अनुसार आगामी दिनमा सीडिभीको सहयोगमा मागमा आधारीत तालिम तथा कार्यक्रम संचालन हुने उहाँले बताउनुभएको थियो ।
गोष्ठीमा सचिव थानेश्वर अधिकारीले लक्ष्मणघाट सामाजिक विकास केन्द्रले सांचालन गरेको सामाजिक उत्तरदायित्वका क्रियाकलापको बारेमा जानकारी गराउनु भएको थियो । “सम्बृद्धिका लागि युवा नेतृत्व” मुल नाराका साथ स्थापना भएको संस्थाले एक वर्षको अवधिमा विभिन्न सामाजिक क्रियाकलापहरु संचालन गरेको सचिव अधिकारीले बताउनु भएको छ ।
स्थापना भएको १ बर्ष भित्र सो संस्थाले धार्मिक एवं ऐतिहासिक तिर्थस्थल बोलबम धाममा युरिनल सहितको दुई कोठे सार्वजनिक शौचालय निर्माण गरेको छ । यसका अतिरिक्त कात्तिक पुर्णिमाको अवसरमा दुई दिने मेला तथा बृहत साँस्कृतिक कार्यक्रम, बोलबम मेलाका साथै सामाजिक उत्तर दायित्वका कामहरु संचालन गर्दे आइरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ६ : १५ बजे