१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

जिल्ला प्रशासनमा अत्याधुनिक फिल्टर सहितको खानेपानी व्यवस्था



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाको वडा नं. १ ले जिल्ला प्रशासन कार्यालयमा अत्याधुनिक फिल्टर सहितको खानेपानीको व्यवस्था मिलाएको छ । प्रशासनमा आउने सेवाग्राहीलाई खानेपानीको समस्या थियो । वडा नं. १ ले शुक्रबार ४० लिटर क्षमताको फिल्टर सहितको खानेपानीको व्यवस्था गरेपछि सेवाग्राहीलाई खानेपानीको समस्या सदाका लागि टरेको हो ।
वडा अध्यक्ष सुदीप पौडेलले डेढ लाखको लगानीमा अत्याधुनिक फिल्टर सहितको खानेपानी व्यवस्था मिलाएको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । प्रशासनमा आउने सेवाग्राहीलाई मध्यनजर गरी खानेपानीको व्यवस्था मिलाएको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
जिल्ला सदरमुकाम तौलिहवामा अवस्थित वडा कार्यालयले प्रशासनमा खानेपानीको व्यवस्था मिलाए पछि सर्वसाधारणले खुसी व्यक्त गरेका छन् । गर्मी मौसममा खानेपानीको समस्या विकराल थियो, किनेरै खानेपानी खानु पर्ने बाध्यता थियो, अब सदाका लागि अन्त्य भएको छ शुक्रबार प्रशासनमा सेवा लिन आउनुभएकी बनगाईकी लक्ष्मी विष्टले भन्नुभयो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  १० : ५० बजे