२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

युवा सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरामा



 

कास्की ।
प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबारविभिन्न कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् । नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट युवा सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पोखरा पुगेका हुन् ।

पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नेछन् । कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।

प्रधानमन्त्री ओली तीन वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : २५ बजे