६ असार २०८३, शनिबार | Sat Jun 20 2026

उपराष्ट्रपति पुन स्वदेश फर्कँदै



काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुन एक हप्ता लामो अष्ट्रियाको भ्रमण सकेर शनिबार दिउँसो सवा तीन बजे स्वदेश फर्कँदै छन्।
उनी जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनमा सहभागी हुन जेठ १२ गते अष्ट्रिया गएका थिए।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा गएका उनले राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट वार्ता गरेका थिए।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १२ : ३० बजे