४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

आज विश्व दूध दिवस नेपालमा पनि मनाइँदै



काठमाण्डौ ।
आज जुन १ तारिख अर्थात् विश्व दूध दिवस ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दुग्धपानको महत्व बुझाउन विश्व खाद्य संगठनले सन् २००१ देखि जुन १ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो भने नेपालले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो । हरेक नेपालीले वर्षमा ७४ लिटर मात्रै दूध उपभोग गरेको पाइन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९२ लिटर दूधको आवश्यकता पर्छ । यस अनुसार नेपालमा अझै प्रतिव्यक्ति १७ लिटर दूध अपुग रहेको देखिन्छ ।

दूधमा भिटामिन, चिल्लो पदार्थलगायतका पोषक तत्वका साथै क्याल्सियम पनि हुने भएकाले स्वस्थ रहनका लागि यो आवश्यक मानिन्छ । तर दूध अभावका कारण शहर बजारमा बस्नेले किनेरै खान पनि नपाउने अवस्था छ । दूधजन्य पदार्थ दही, घिउ, पनिर, चिज, आइसक्रिमलगायतको खपत बढेको छ भने आपूर्ति भने कम छ ।

नेपालमा चालु आर्थिक वर्षमा २० लाख ९२ हजार लिटर दूध उत्पादन भएको तथ्यांक छ । नेपालमा उत्पादन हुने दूधमध्ये १७ प्रतिशत मात्रै व्यावसायिक क्षेत्रमा आपूर्ति हुने डेरी उद्योग संघले जनाएको छ । नेपालमा अझै मागअनुसारको दूध उत्पादन हुन सकेको छैन । सरकारले अबको दुई वर्षमा देशलाई दूधमा आत्मनिर्भर बनाउने भन्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६ शनिबार ००:००  १ : ५१ बजे