४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

जितपुरमा होटल ‘एडी’- छोराले खोले, बुबाले रिबिन काटे



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको ४ नम्बर जितपुरमा होटल एडी संचालनमा आएको छ । बाणगंगा- ४  सिद्धिपुर युवा समाजसेवी दिनेश बहादुर रोका क्षेत्रीले होटल संचालनमा ल्याउनु भएको हो । चार नम्बरबाट बैरिया जाने क्रममा गजरा खोला नजिक खोलिएको होटलको शुक्रबार उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम जेठ २१ गतसम्म रहने र सो अवधिभर आउनेलाई विशेष छुटको व्यवस्था गरिएको छ ।

होटलको मुख्य विशेषता भनेको खानामा मौलिकता रहेको छ । नेपाली मौलिक खानाहरुको स्वादमा रमाउने पारखीहरु यस क्षेत्रमा प्रशष्त रहेका कारण सो आवश्यता पुरा गर्न होटल सफल हुने संचालक दिनेश क्षेत्रीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । त्यस्तै होटलमा पाहुनाको सेवा सत्कारको लागि विशेष वयवस्था रहेको छ । दिवा तथा रात्रीकालिन आनन्दको लागि खानासंगै वातानुबकुललित आवासको व्यवस्था पनि गरिएको अर्का संचालक अर्बिन क्षेत्रीले जानकारी दिनुभयो ।

बिभिन्न सभा, समारोह,शुभ कार्य आदि गर्नको लागि पनि होटलमा बिशेष सभाहलको व्यवस्था गरिएको संचालक क्षेत्रीले बताउनु भयो । देशमा नै युवाहरुले केही गरी आत्मनिर्भर हुन सक्नपर्ने सन्देश दिनको लागि सामाजिक र राजनैतिक कार्यसंगै व्यावसायमा पनि हात हालेको क्षेत्रीको भनाई छ । होटलमा प्रारम्भिक रुपमा १५ देखि २० लाख लगानी भएको छ ।

आफूलाई जन्माउने हुर्काउने बुबा भएको कारण बुबाको सम्मानार्थ उहाँकै करकमलबाट होटलको उद्घाटन गराएको क्षत्रीले बताउनु भयो । यसलाई क्रमिक रुपले बढाउँदै होटललाई थप सुविधा सम्पन्न बनाउने क्षेत्रीको योजना रहेको छ । पछिल्लो समय बाणगंगामा होटलमा लगानी गर्न व्यावसायीहरु आकर्षित भएका छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : ३२ बजे