५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

महिलाहरुको क्षमता र आर्थिक विकासमा लघुवित्तको भूमिका महत्वपूर्णः मेयर श्रेष्ठ



मायादेवी अनलाइन, कपिलवस्तु ।
बुद्धभूमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले गाउंगाउंमा खोलिएका लघुवित्त संस्थाहरुले महिलाहरुको क्षमता विकास र आर्थिक विकासमा टेवा पुर्याएको बताएका छन् । आधिखोला लघुवित्त वित्तिय संस्था लि। ले गोरुसिंगेमा राखेको केन्द्र प्रमुख तथा उप प्रमुखहरुको अभिमुकिरण कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले यस्तोबताएका हुन । साथै श्रेष्ठले महिलाहरुको क्षमता विकास र महिलाहरुको नाममा आर्थिक कारोवार हुंदा महिलाहरुको शसत्तिकरण हुने हुंदा यस्तता संस्थाहरुले थप महिलाहरुको क्षमता विकास र सामाजिक विकासमा योगदान दिनु पर्ने बताए । साथै संस्थाहरुले स्थानीय सरकार संग योजना तथा कार्यक्रम जानकारी गराई नगर संग सहकार्य गरेर समेत थप कार्यक्रम गरेमा प्रभावकारी हुने बताए । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले संस्थाले ग्रामिण क्षेत्रमा आर्थिक लगानीका साथै सामाजिक विकासमा समेत हातेमालो गरीरहेको बताए । स्थानीय सिता खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक सय वढि संस्था द्धारा खोलिएका समुहका प्रमुख तथा उप प्रमुखहरुको सहभागिता रहेको थियो । सोही अवसरमा वित्तिय साक्षरता सम्वन्धी कार्यक्रम पनि संचालन गरिएको छ ।संस्थाका अधिकृत कुल देव लामिछानेको संचालनमा उत्त गोष्ठी संचालनमा भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ४ : ५९ बजे