५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

राज्यले चेपुवामा पारेको ब्यावसायी गुनासो



मायादेवी अनलाइन, कपिलवस्तु ।
घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले आइतबार जिल्लाका उद्योगी, व्यावसायी र उपभोक्ताहरुसंग अन्तरक्रिया गोष्ठी समपन्न गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको समन्वयमा सम्पन्न अन्र्तक्रियामा उद्योग ब्यावसाय र उपभोक्ता अधिकारसम्बन्धि बिभिन्न तिन कार्यपत्र पस्तुत भएका थिए ।
इलाका प्रशासन कार्यालय चन्द्रौटा, घरेलु तथा साना उद्योगका उद्योग अधिकृत, उपभोक्ता हक हित संरक्षण समिति कपिलवस्तुका प्रतिनिधिले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उनीहरुले ब्यावसायीका काम कर्तव्य र अधिकार, उपभोक्ता संरक्षण ऐन २०७५ मा थपिएका नयाँ कुरा, उद्योग व्यावसायको विकास र विस्तारबारे जानकारी गराएका थिए ।
कार्यक्रममा उद्योगी ब्यावसायीले आफ्ना समस्याका बारेमा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । उनीहरुले सरकारको नीतिले आफूहरु चेपुवामा परेको, अण्डर बिलिङ प्रणालीले आफूहरुले दुख पाएको, बजारमा अनियमितता भए पनि गलत व्यक्तिलाई कारबाही गर्न नसकिएको लगायतका गुनासा राखेका थिए ।
राज्यले उद्योगी बयावसायीको समस्या नबुझी जर्बजस्त पेलेर लैजाने हो भने सबै लगानी धरापमा पर्न सक्ने ब्यावसायीले चिन्ता ब्यक्त गरेका छन् । ब्यापारी तथा ब्यावसायीका समस्या जायज भएको भन्दै उद्योग कार्यालयका प्रतिनिधिले राज्यको पनि यसमा दोष भएको बताए ।
ब्यावसायीका प्रश्न र गुनासा माथि सहजीकरण गर्दै सरकारका प्रतिनिधिले सबैभन्दा पहिले ब्यापार, ब्यावसाय गर्ने ब्यक्ति कानुनमा टेकेर चल्नु पर्ने, कर्तब्य पालना गर्न सक्षम भए कहिँ कतैबाट समस्या नहुने बताए ।
उद्योगीबाट आएका जिज्ञासा र सुझावलाई आफूहरुले राज्यको माथिल्लो निकायसम्म पुर्याउने उनीहरुले आश्वासन दिएका छन् । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, वरिष्ठ उपाध्यक्ष रुक बहादुर भूषाल, महासचिव लक्ष्मण अधिकारी, वरिष्ठ सल्लाहकार विष्णु न्यौपाने, देवी पाण्डे, दोलख घिमिरे, नागरिक समाजका दोलख बहादुर पछाई लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा यस क्षेत्रका धेरै उद्योगी, ब्यावसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ९ : १२ बजे