४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मायादेवी गाउँपालिकामा व्यापारीहरुका लागि डस्टविन बितरण



मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अभिरावले सो वडा भित्रका चोक मुख्य बजारमा रहेका व्यापारीहरुका लागि फोहोर व्यवस्थापनका लागि डस्टविन बितरण गरेको छ ।
आइतबार मायादेवी गाउँपालिका वार्ड नं २ अभिरावमा व्यापारी तथा व्यवसायीका लागि आयोजना गरिएको फोहोर व्यवस्थापन तालिम तथा डस्टविन बितरण कार्यक्रममा सो सामग्री बितरण गरिएको हो ।
सो कार्यक्रममा पूर्ण सरसफाईका सुचक, फोहोर व्यवस्थापन, फोहोरको बर्गिकरण र बिर्सजनका बारेमा मायादेवी गाउँपािलकाका खानेपानी तथा सरसफाई संयोजक थानेश्वर अधिकारीले सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा बोल्दैै वडा नं २ का वडाध्यक्ष सरफुद्दिन मुसलमानले मायादेवी गाउँपालिका वडा नं २ अभिराव मुख्य बजारलाई नियमित रुपमा सरसफाई गर्नु पर्ने तथा सो वडालाई सरसफाइ युक्त नमुना गाउँ बनाउन सबैजनाले पहल गर्नुपर्ने कुरामा जोड दिनुभएको ।
कार्यक्रममा ५० जनाको सहभागिता रहेको वडा सचिव भिमनाथ शर्माले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७६ सोमबार ००:००  ९ : १५ बजे