५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अग्नीपीडित परिवारलाई तरुण दल र नेविसंघको सहयोग



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल तरुण दल कपिलवस्तु र नेविसंघ छेत्र नं. १ ले अग्नी पीडित परिवारलाई सहयोग गरेको छ । बाणगङ्गा नगरपालिका वडा नं. १० भावपुर गएको सोमबार भएको आगलागी बाट पीडित बनेका स्थानीय चन्दा परियारको परिवारलाई तरुण दल र नेविसंघले तत्काल आवश्यक पर्ने डसना, सिरानी, त्रीपाल,चामल प्रदान गरेको हो  । यस्तै परिवारका पीडित स्कुले बालबालिकालाई  शैक्षिक सामाग्रीहरु झोला, कापी, कलम, पेन्सिल प्रदान गरेको नेविसंघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।  सहयोग सामाग्री त्यहाँका जनप्रतिनिधि, तरुण दलका जिल्ला सभापति शक्ति सिँह ठकुरी, युवा नेता तिलक थापा लगायतले वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सभापति ठकुरीले काग्रेश रहेसम्म देशभरका कुनै दुखि पीडितहरु पीडामा बस्न नपर्ने भन्दै  जिल्लामा परेका यस्ता हरेक दुखमा तरुण दल र नेविसंघले सधैँ साथ दिने बताउनु भयो । सहयोग पाएपछि यो पीडामा आफूहरुलाई ठुलो सहयोग पुगेको अग्नी पीडित चन्दा परियारले बताउनु भयो ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  ५ : ४५ बजे