८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

पेट्रोलको मूल्य घट्यो, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत



काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँले घटाएको छ। बुधबार राति १२ बजे देखि लागु हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ घटाए पनि अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत रहेको नपाल आयल निगमले जनाएको छ।

साथै खाना पकाउने एलपी ग्याँसको मूल्य पनि यथावत रहेको नेपाल आयल निगमले जनाएकाे छ।

मूल्य घटेसँगै पेट्रोलको मूल्य अब १ सय १० रुपैयाँ कायम हुनेछ। यसअघि पेट्रालको मूल्य १ सय ११ रुपैयाँ रहेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्य अनुरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य केही घटेर आएको हुँदा साविकको पेट्रोलको मूल्यमा एक रुपैयाँ घटाएको आयल निगमले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६ बुधबार ००:००  १० : १७ बजे