२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अम्बानीले बोकिन दुई करोड ६० लाखको झोला !



मुम्बई ।
भारतकी चर्चित व्यवसायी नीता अम्बानी सामाजिक संजालमा सधै चर्चामा रहन्छिन्। उनको स्टाइल र ड्रेसिङ सेन्सलाई धेरैले मन पराउँछन्। भारतीयहरु उनका हरेक स्टाइलहरु फलो गर्न चान्छन्।
पछिल्लो समय नीताको झोला निकै चर्चामा छ। नहोस् पनि कसरी। हिरा जडित यस झोलाको मूल्य चानचुने छैन। सुनेर तपाईंको होससमेत उठ्न सक्छ।
हालै बलिउड अभिनेत्री करिश्मा र करिना कपुरको साथमा देखिएकी नीताको हातमा सो झोला छ। रिलायन्स फाउन्डेसनकी प्रमुख नीताको हातमा देखिएको उक्त झोला २०० हिराजडिहत हो। जसको भारतीय मूल्य २ करोड ६० लाख रहेको छ।
उनीसँग भएको यो झोलालाई ‘हम्र्स हिमालय बर्किन ब्याग’ भनिन्छ। हाते झोलामा यसलाई ‘होली ग्रेल’ मानिन्छ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ९ : ३३ बजे