१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

अमेरिका र चीन व्यापार वार्ता गर्न ‘सहमत’



काठमाडौं ।
चीन र अमेरिका आर्थिक तथा व्यापार वार्ता शुरु गर्न सहमत भएका छन् । जी(२० सम्मेलनको क्रममा जापानको ओसाकामा शनिबार भएको भेटमा दुवै देशका राष्ट्र प्रमुखबीच यो सहमति भएको हो ।
चिनियाँ राष्ट्रपति सी जिनफिङ र उनका समकक्षी डोनाल्ड ट्रम्पबीच समानता र पारस्परिक सम्मानको आधारमा आर्थिक तथा व्यापारिक परामर्श फेरि सुरु गर्ने सहमति भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले जनाएको छ ।
अमेरिकाले चिनियाँ सामान निर्यातमा नयाँ कर लगाउने छैन । साथै दुवै देशका टोलीबीच आर्थिक र व्यापारिक विषयका विशिष्ट मुद्दामा वार्तासमेत हुने छ ।
भेटवार्ताको सुरुवातमा चिनियाँ राष्ट्रपति सीले भने, ‘विगत ४० वर्षको अवधिमा भएका धेरै महत्वपूर्ण परिवर्तनका बाबजुद चीन र अमेरिकाको सम्बन्ध र अन्तर्राष्ट्रिय परिस्थिति नयाँ स्थान पुगेको छ । तर एउटा सत्य के हो भने चीन र अमेरिका दुवै सहयोगबाट लाभान्वित हुन्छन् र संघर्षमा हार्छन् ।’
‘टकरावभन्दा राम्रो सहयोग र वार्ता हो,’ सीले ट्रम्पसँग भनेको भनाई उद्धृत गर्दै सिन्हुवाले लेखेको छ ।’

चिनियाँ राष्ट्रपति सीसँग महान बैठकः ट्रम्प

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग महान बैठक भएको प्रतिक्रिया दिएका छन् । उनले चीनबाट अमेरिकाले खरिद गर्ने कृषि उत्पादनको सूची चीनलाई उपलब्ध गराउने जानकारी पनि दिएका छन् ।
साथै उनले अमेरिकी कम्पनीहरुले हुवावेलाई सामान बेच्न निरन्तरता दिनुपर्ने पनि बताएको रोयटर्सले लेखेको छ ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  २ : २५ बजे