१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मायादेवी रिसोर्ट पूर्ण रुपमा संचालन, विदेशीको पनि आकर्षण बन्दै


१४ असार २०७६ शनिबार ००:००  

0
Shares

मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका १ बैरियामा रहेको मायादेवी रिसोर्ट पूर्णरुपमा संचालनमा आएको छ । ३ महिना अघि स्वीमिङ्ग पुल र जाकुजी सहित रेष्टुरेन्ट मात्र संचालन गरेको रिसोर्टले अवदेखि सम्पूर्ण रुपमा आफनो सेवा प्रदान गर्नेछ । जिल्लामै सर्वाधिक सुविधा सम्पन्न र ठुलो लगानीको रिसोर्ट संचालनपछि पर्यटनमा टेवा पूग्ने संचालक विरेन्द्र श्रेष्ठले बताउनुभयो । बैशाख १३ बाट शुरु भएको रिसोर्ट पूर्णरुपमा संचालनमा आएसंगै विभिन्न सभा समारोह गर्नका लागि एक हजार बढि अट्न सक्ने एसी सहितको सभा हल, स्वीमिङ्ग पुल, आवासीय सुविधा रहेको बताइएको छ । यस्तै रिसोर्टको अर्को आकर्षणको रुपमा साप्ताहिक रुपमा विभिन्न सांगितिक कार्यक्रम लोकदोहोरी तथा डिजे आदीको प्रस्तुती रहेका छन् ।
रिसोर्टमा कपिलवस्तु भित्र रहेका विभिन्न पर्यटकीय तथा साँस्कृतिक महत्व बोकेका बस्तुहरुको फोटो प्रदर्शनी, चारैतर्फ हरियाली वगैचा आदीका कारण स्थापनाको छोटो समयमै जिल्ला भित्र तथा बाहिर रिसोर्टले ग्राहकको मन जितेको संचालक श्रेष्ठले बताउनुभयो । साथै रिसोर्टमा विवाह पार्टी, सेमिनार, वैठक गर्न सकिन्छ भने प्रत्येक हप्ता सांगीतिक कार्यक्रमहरु पनि संचालन भइरहेको उहाँले बताउनुभयो । रिसोर्टमा होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेका सेफ, कुक र वेटर सहित २२ जनाले सेवा प्रदान गरिरहेकाले गुणस्तरमा ढुक्क हुन ग्राहकवर्गलाई संचालकले आग्रह गर्दै नेपाली, चाइनिज, इण्डियन र कन्टीनेन्टल खाना खाजाको स्वादहरुमा रमाउन सकिने बताएका छन् ।
यसैगरी रिसोर्टमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या पनि दिन प्रतिदिन बढिरहेको संचालक बताउनुहुन्छ । केही दिनदेखि रिसोर्टमा भारतीय पर्यटकहरु आएर वसेको श्रेष्ठले बताउनुभयो । पछिल्लो समय बुटवलदेखि पश्चिम तर्फ सुविधा सम्पन्न होटल नहुँदा टाढाबाट आएका पाहुनाहरुलाई समस्या भएको थियो । मायादेवी रिसोर्ट संचालन पछि जिल्ला भित्र तथा वाहिरका पर्यटकलाई समेत आवासको लागि सजिलो भएको सेवाग्राही बताउछन् । साँझमा बत्तीहरुको झिलीमिली र निर्माण गरिएका मौलिक बस्तुहरुको संयोजनले रिसोर्टमा आउने पाउनाहरुको मन तानेको रिसोर्ट म्यानेजर गणेश भट्टराइले बताउनुभयो । वाहिर देखिए जस्तै भित्रपनि खाना लगाएत सवैकुराको गुणस्तरमा कुनै सम्झौता नगरिने म्यानेजर गणेश भट्टराइले बताउनुभयो ।
गर्मी बढेसंगै स्वीमिङ्ग पुलमा डेढ सय देखि २ सय जना पौडी खेल्न रिसोर्टमा आउने गरेका संचालक बताउछन् । स्थानीय श्याम घिमिरेका अनुसार पारिवारिक मनोरम वातावरण रहेको मायादेवी रिसोर्टमा केटाकेटी पौडी खेल्न र रमाउन आउने गरेका छन् । गाउँघरमै स्वीमिङ्ग पुल संचालन भएपछि बालबालिका, युवायुवतीका लागि जिल्ला वाहिर जानुपर्ने बाध्यता हटेको श्याम घिमिरेले बताउनुभयो । परिवार सहित बालबालिकाहरु तथा युवायुवती पौडी संगै रेष्टुरेन्टको विभिन्न परिकार खाएर विदा समेत मनाउने गरेका छन् ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ६ : ०५ बजे