१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

पश्चिमका नदीमा बाढीको सम्भावनाः सतर्क रहन आग्रह



काठमाडौँ ।
पश्चिमी क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको हुँदा नदी तथा खोलाहरुमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रदेश ४ को पश्चिमी भूभाग, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पानी पर्ने क्रम अहिले पनि जारी रहेकोले नदी तथा खोलानालामा बाढी आउने सक्ने सम्भावना छ ।
त्यसैले सो आसपासका बासिन्दालाई सुरक्षित रहन भन्दै राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले सूचना जारी गरेको छ ।
विशेष गरी पश्चिमका राप्ती, बबई, कर्णाली र मोहना नदी आसपासका बासिन्दाले सामान्य सतर्कता अपनाउनु पर्ने देखिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : २१ बजे