२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मुख्यमन्त्री पोखरेल भोली चीन जाने



बुटवल ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल भोली (सोमवार) चीन भ्रमणमा जानु हुने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लाग्नु भएको हो।
मुख्यमन्त्री पोखरेलको साथमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेश सभा सदस्य हरी रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी र किरण गौतम भ्रमणमा सहभागि हुनुहुने छ ।
गत जेठ २० गते बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले मुख्यमन्त्री पोखरेलको भ्रमण स्वीकृत गरेको थियो ।भोली सोमवार चिन जाने टोली असार २५ गते स्वदेश फर्कने मुख्यमन्त्री प्रेस सल्लाहकार केसीले जानकारी दिनु भएको थियो ।
यसअघि मन्त्रीपरिषदको निणर्य सार्बजनिक गर्दा मुख्यमन्त्री पोखरेलको भ्रमण असार २५ गतेदेखि साउन १ गतेसम्म हुने जानकारी गराइएको थियो ।
मुख्यमन्त्री पोखरेलले चीन भ्रमणका क्रममा गरिबी निवारण तथा विकास सम्बन्धी कार्यक्रममा सहभागिता जनाउनु हुने छ । भ्रमणबाट नेपाल र चीनका सहरहरुबीच भगिनी सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने बिश्वास गरीएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : २७ बजे